Section 87
पर्यटनसँग सम्बन्धित श्रमिक सम्बन्धी विशेष व्यवस्था
(१) पर्यटनसँग सम्बन्धित श्रमिकप्रति
रोजगारदाताको दायित्व देहाय बमोजिम हुनेछ ः–
(क) श्रमिकलाई कार्यस्थलमा पठाउँंदा पर्याप्त मात्रामा प्राथमिक उपचारका लागि
औषधि र स्वास्थ्योपचारका सामग्रीहरु उपलव्ध गराउने,
(ख) श्रमिक सङ्कट गम्भीर स्वास्थ्य समस्या वा दुर्घटनामा परेमा अविलम्ब उद्धार
कार्य गर्ने, गराउने ।
(२) उपदफा (१) मा उल्लिखित श्रमिक कार्यस्थलमा जाँदा फिल्ड भत्ता, खुराकी भत्ता वा
यस्तै अन्य भत्ता वा अतिरिक्त समय काम गरेबापत डेढी पारिश्रमिकमध्ये निजले रोजेको कुनै
एउटा सुविधा रोजगारदाताले उपलब्ध गराउनु पर्नेछ ।
(३) होटल, मोटल, रेष्टुरेण्ट, जंगल सफारी वा अन्य व्यवसाय गर्ने रोजगारदाताले
सामूहिक सम्झौता बमोजिम लिइएको सेवा शुल्क रकम तोकिए बमोजिम वितरण गर्नु पर्नेछ ।